मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार एक कार्यक्रमका बीच शुभारम्भ गर्नुहुने भएको हो । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा हेटौंडामा हुने शुभारम्भ कार्यक्रमको जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले भिडियो कन्फेरेन्समार्फत उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रतिष्ठानले जनाएको हो ।

बागमती प्रदेश सरकारले स्थापना गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अघिल्लो महिना अनुमति प्राप्त गरेका छन् । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई तीन विधामा अध्यापन गराउन अनुमति दिएको छ । जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउन अनुमति प्राप्त भएअनुसार शैक्षिक कार्यक्रम शुभारम्भ गर्न लागिएको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले जानकारी दिनुभए । २०७६ असोज २ गते स्थापना भएको प्रतिष्ठानको केन्द्रीय कार्यालय बागमती प्रदेशको राजधानी हेटौंडामा हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *