राहुल कुमार सिंह
कोभिड–१९ (कोरोनाभाइरस) कारण समस्यामा परेका हंसपुर नगरपालिका वडा नं. ३ स्थित जेएमबी ईटा भठा उद्योगमा कार्यरत मजदुरहरुको लागि वडाध्यक्ष उदय कुमार सिंहको अगुवाई राहत प्रदान गरिएको छ । लामो समयदेखि जारी लक डाउनका कारण उद्योगमा कार्यरत मजदुरहरु समस्यामा परेको बेला ५०० केजी चामल , ६० केजी दाल , ५० किलो चुरा , ३० किलो आलु , ३० किलो प्याज , ५ लि. तेल , १० किलो नुन र ५१०० रुपैया नगद कठपुल्लाका स्थानीयहरुले सहयोग गरेका छन । मजदुरहरु समस्यामा परेको उद्योग संचालकलाई जानकारी गराएपनि कुनै पहल नभएको र उल्टै संचालकले धम्की दिएको गुनासो स्थानीयहरुलाई पोखेपछि स्थानीयहरुले राहत प्रदान गरेका हुन । हंसपुर नगरपालिका वडा नं. ३ कठपुल्लाका स्थानीयहरु सन्तु साह , दशरथ मंडल , बिनय मंडल , राजन सिंह , अरबिन्द सिंह , राहुल सिंह , सचिन सिंह , प्रविण सिंह सहितका व्यतिmहरुले सहयोग जुटाएका हुन ।


कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावित बनेकालाई राहत वितरण गरिएको वडाध्यक्ष सिंहले बताएका छन । कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् । यसबेला दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएकाले समस्यामा परेकालाई राहत दिने सरकारले निर्णय गरेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *