मंगलबार १८ औँ राष्ट्रिय धान दिवस, नेपालमा बिभिन्न कार्यक्रम गरी मनाउदै हो । तर सरकारले धान दिवसको नाउमा हिलो नखेल्न र दुरी कायम गर्न अनुरोध गरेका छन् । असार १५ अर्थात मंगलबारका दिनलाई नेपाली समाजमा दहीचिउरा खाने पर्वको रूपमा पनि मनाइन्छ । कामको चटारोले किसान थकित भएका बेलामा दहीचिउरा खाए शक्ति प्राप्त हुने विश्वास हो । २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी नेपालमा २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । मंगलबारका दिन असारे भाका गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन भए पनि कोरोना भाइरसको महामारीका कारण दुरी कायम गरी सावधानी अपनाउनुपर्ने अवस्था हो । धान दिवसको अवसरमा कर्णाली प्रदेशमा भने मंगलबार सार्वजनिक बिदा दिइएको हो । आर्थिक वर्ष २०७६÷७७ मा नेपालमा ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थिए । कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीराम घिमिरेका अनुसार ६२ लाख मेट्रिक टन धान उत्पादन भयो भने नेपाल धानमा आत्मनिर्भर हुन्छ । सातवटै प्रदेशमध्ये प्रदेश १ र लुम्बनी प्रदेश मात्र धानमा आत्मनिर्भर देखिएको छ अन्य सबै प्रदेशमा धान अपुग रहेको तथ्याङ्कले देखाएका हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *