सरकारले मंगलबारबाट कोरानाविरुद्धको भेरोसेल खोप लगाएकाहरूलाई दोस्रो मात्रा लगाउँदैहो । जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाइएको थिए । पहिलो मात्रा लगाएका ३ लाख ७० हजार भन्दा बढी नागरिकलाई मंगलबारबाट खोपको दोस्रो मात्रा लगाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको कार्डपनि लिएर जान मन्त्रालयले आग्रह गरेका छन् । यस्तै खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत आजबाट सुरु हुने खोप अभियानमा दोस्रो मात्रा लगाउन सक्ने छन् । काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई र काठमाडौँबाहिर ६२ देखि ६४ उमेरका व्यक्तिलाई खोप लगाइएको थिए । सरकारले काठमाडौं उपत्यकासहित देशभर खोप अभियान सञ्चालन गर्न लागेको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *