भावी सत्ता सहयात्रामा कसलाई साथ दिने भन्ने बारेमा जनता समाजवादी पार्टी (जसपा) भित्र विवाद बढ्दै गएको हो । जसपामा पूर्वसमाजवादी पक्ष (उपेन्द्र यादव र बाबुराम भट्टराई) नेकपा एमाले बाहेकका दलहरुसँग सत्ता सहकार्य गर्नुपर्ने पक्षमा छ भने पूर्व राजपा पक्ष एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई समथर्नको पक्षमा देखिएको हो । पूर्व राजपा पक्षका नेताहरु महन्त ठाकुरसहित राजेन्द्र महतो ओलीलाई माग सम्बोधन गराएर समर्थन गर्नुपर्ने पक्षमा उभिएका छन् । जसपामा पूर्व राजपा पक्षधर सांसद १७ जना छन् । आगामी सरकार निर्माणका बारेमा निर्णय गर्न जनता समाजवादी पार्टी जसपालाई केही समय लाग्ने भएको हो । जसपाका नेता राजेन्द्र महतोले कुराकानी गर्दै पार्टीमा विचारको स्वतन्त्रता रहेको भन्दै कसलाई समर्थन गर्ने भन्ने विवाद नभएको दावी गर्नुभयो । एकथरी मानिसहरू जसपा फुटोस भनेर लागिपरेको उल्लेख गर्दै आफ्नो पार्टी नफुट्ने नेता महतोको भनाइ हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *