दक्षिण एसियाका दुई मुलुक भारत र पाकिस्तानले सीमा नियन्त्रण रेखा (एलओसी) मा संघर्ष विरामको घोषणा गरेको छ । भारतीय सेनाको उत्तरी कमान्डले बयान जारी गर्दै र पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजीक सञ्जालमार्फत् संघर्ष विराम भएको जानकारी दिनुभएको छ । भारत र पाकिस्तानले २४ र २५ फेब्रवरी राति नै एलओसीमा संघर्ष विराम घोषणा भएपनि सोको जानकारी दिइएकोे छ । दुबै देशले एक अर्कालाई विश्वास दिलाउँदै संघर्ष विरामपछि अब काउन्टर टेररिस्ट अपरेशनमा कुनै असर नपर्ने र सतर्कता अपनाइने बताएका छन् । दुबै देशको एलओसीमा संघर्ष विराम भएपनि अब ती क्षेत्रमा शान्ती कायम हुने विश्वास पनि व्यक्त गरिएको छ । दुई देशबीच भएको संघष विरामलाई एतिहासिक मानिएको छ । भारत र पाकिस्तान लामो समयदेखि एलओसीमा लड्दै आएका थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *