नेपालले भारतसहितका पाँच मुलुकसँग तत्काल प्रयोगका लागि उपलब्ध हुनेगरी १ लाख ५० हजार मेट्रिकटन रासायनिक मल उपलब्ध गराइदिन आग्रह गरेको हो । देशैभर मल अभाव चर्किएपछि कुटनीतिक च्यानलमार्फत भारत, चीन, बंगलादेश, ओमन र जोर्डनसँग मल खरिदको वातावरण बनाइदिन आग्रह गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो । गहुँ सिजनलाई ग्लोबल टेण्डरबाट मल नआउने निश्चित भएपछि जोहो गर्न ती मुलुकसँगको छलफल तीब्र पारिएको मन्त्रालयले बताएका छन् । अहिले धान, तोरी, तरकारी र गहुँ तथा मकैका लागि हाल्न देशैभर मल अभाव रहेको मन्त्रालयले जनाएको हो । ढिलोमा मंसिर पहिलो सातासम्म आइपुग्नेगरी युरिया र डीएपी गरी बढीमा एक लाख ७० हजार मेट्रिकटनसम्म मलको खोजी गरिएको मन्त्रालयको दाबी हो । परराष्ट्र मन्त्रालय, ती देशमा रहेका नेपाली नियोग एवं यहाँँ रहेका ती देशका राजदूतमार्फत मल उपलब्धताका लागि पहल गरिएको मन्त्रालयको भनाइ हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *