भारतमा कोरोना सङ्क्रमितको सङ्ख्याले नयाँ रेकर्ड बनाएको हो । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा बिहिबार लगातार दोस्रो दिन पनि सङ्क्रमितको सङ्ख्या ३ लाख नाघेको हो । पछिल्लो २४ घण्टामा थप तीन लाख ३२ हजार पाँच सय तीन जनामा सङ्क्रमण भएको हो । २४ घण्टामा सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या भारतमा अहिलेसम्मकै धेरै हो । पछिल्लो वृद्धिसँगै भारतमा सङ्क्रमितको सङ्ख्या एक करोड ६२ लाख ५७ हजार तीन सय नौ पुगेको हो । हालसम्म भारतमा एक करोड ३६ लाख ४१ हजार ६ सय ६ जना सङ्क्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २४ लाख २८ हजार सात सय ७५ छ । यस्तै भारतमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या एक लाख ८६ हजार नौ सय २८ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ थप दुई हजार दुई सय ५६ जनाको मृत्यु भएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *