भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा भारतमा ३ हजार २ सय ८५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख १ हजार १ सय ६५ पुगेको हो ।

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै जादा शव जलाउने स्थानको कमी हुन थालेको हो । भारतका विभन्न सञ्चार माध्यमहरुले भारतमा कोरोनाका कारण मृत्यु हुने दर बढेसँगै शव जलाउने ठाउँको अभाव हुँदा मानिसहरु घन्टौ कुर्नुपर्ने अवस्था उत्पन्न भएको लेखेको हो । यसैबीच, भारतमा लगातार सातौंदिन ३ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । वल्र्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा भारतमा ३ लाख ६२ हजार ९ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै भारतमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १ करोड ७९ लाख ८८ हजार ६ सय ३७ पुगेको हो । हालसम्म भारतमा कोरोनाका कारण सङ्क्रमित भएकामध्ये झन्डै १ करोड ४८ लाख ७ हजार ७ सय ४ जना स्वस्थ भइसकेका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *