विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एड्हनोम घेब्रियसुसले भारतमा कोरोना सङ्क्रमणको स्थिति निकै चिन्ताजनक रहेको बताउनुभएको हो । शुक्रवार संगठनको नियमित कोरोनासम्बन्धी मिडिया ब्रिफिङ्गको क्रममा उहाँले भारतका विभिन्न राज्यमा अहिले पनि कोरोनाको दर कम हुनुको साटो झन् बढ्दै जानु चिन्ताको विषय रहेको बताउनुभयो । डा. टेड्रोसले भारतका विभिन्न राज्यमा अहिलेपनि अस्पतालमा बिरामी भर्नाका लागि पर्याप्त सुविधा नरहेको र मृत्यु हुने क्रम पनि जारी नै रहनु चिन्ताको विषय रहेको उल्लेख गर्नुभयो । उहाँले कोरोनाको दोस्रो लहर पहिलो लहरको तुलनामा बढी खतरनाक र गम्भीर रहेको भन्दै महामारीविरुद्ध लड्नका लागि विश्व स्वास्थ्य संगठनले सहयोग गरिरहेको पनि बताउनुभयो । भारतमा हजारौंको संख्यामा अक्सिजन कन्सेट्रेटर्स, मोबाइल फील्ड हस्पिटलका लागि टेन्ट, मास्क र अन्य स्वास्थ्य सामग्रीको आपूर्ति गरिरहको भन्दै उहाँले भारतमा अझै पनि निकै चिन्ताजनक अवस्था रहेको बताउनुभयो । डा.टेड्रोसले नेपाल, श्रीलंका, भियतनाम, थाईल्याण्ड र मिस्र जस्ता मुलुकमा कोरोनाको बढ्दो दर चिन्ताको विषय बनेको भन्दै यी मुलुकहरुमा पनि स्वास्थ्य सेवाको अवस्था ठिक नरहेको पनि बताउनुभयो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *