सरकारले भारतसँग गरेको सम्झौता अनुसार आईतवार थप १० लाख डोज कोरोना विरुद्धको खोप नेपाल आउँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले फागुन ५ गते सरकारले भारतको सिरम इन्स्टिच्यूटसँग २० लाख खोपको डोज खरिद गर्ने गरेको सम्झौता अनुसार आईतवार १० लाख खोपको डोज नेपाल आइपुग्ने बताउनुभयो । उहाँले आईतवार दिउँसो साढे १ बजे भारतको राजधानी दिल्लीबाट एयर इन्डियाको विमानमा खोप नेपाल आइपुग्ने जानकारी दिनुभयो । सह प्रवक्ता डा. अधिकारीले फागुन २३ गतेबाट सुरु हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ती व्यस्थापन केन्द्रमार्फत् जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने पनि जानकारी दिनुभयो । सम्झौता बमोजिम बाँकी खोप उत्पादकहरुसँगको आपसि सहमतिमा स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने र आपूर्ती तालिका अनुसार नेपालले प्राप्त गर्ने उहाँले उल्लेख गर्नुभयो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *