भारतको श्रीनगरमा अज्ञात समूहको आक्रमणमा परी दुई जना प्रहरीको मृत्यु भएको हो । जम्मु–कश्मीरको श्रीनगरमा भारतीय प्रहरी सवार बसमा आक्रमण हुँदा दुई जनाको मृत्यु भएको र १२ जना घाइते भएका छन् । ड्युटी सकेर क्याम्प फर्किंदै गर्दा श्रीनगरको जेवन पान्था चोक नजिकै हिजो साँझ आक्रमण भएको थिए । प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार तीन जना बन्दुकधारीले गोली चलाएका थिए । कश्मीर प्रहरीले घटनालाई आतङ्कवादी आक्रमण भनेको हो । आक्रमणकारीको खोजी भइरहेको पनि प्रहरीले जनाएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *