भारतको उत्तर प्रदेशमा ट्रक दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो । उत्तर प्रदेश राज्यको इटावा जिल्लामा शनिबार साँझ एक ट्रक सडकबाट ३० फिट तल खस्दा १२ जनाको मृत्यु भएको र अन्य ३८ जना घाइते भएका छन् । ट्रकमा कम्तिमा ४० देखि ५० जना सवार थिए । ती सबैजना एकै जिल्लाका रहेको र उनीहरु दर्शन गर्नका लागि मन्दीर जाने क्रममा दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । स्थानीय प्रहरी अधिकारीहरुका अनुसार घाइते मध्य ३२ जनाको उपचार इटावा अस्पतालमा भइरहेको छ भने गम्भीर घाइते १३ जनालाई रेफर गरिएको हो । यता उत्तर प्रदेश सरकारले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृत्यु भएका परिवारलाई क्षतिपूर्तिस्वरुप २÷२ लाखका दरले उपलब्ध गराउने घोषणा गरेको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *