बैशाख , २३
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको पहिलो चरण आगामी बैशाख २५ गते बुधबारदेखि सुरु हुँदैछ । तीन चरण गरी जागरण अभियान सकिने कांग्रेसले जनाएको छ । बैसाख २५-जेठ २५ प्रथम चरण, भदौ २४ (बिपी जयन्ती)(असोज १० दोस्रो चरण र अन्तिम चरणको अभियान पुस ७ देखि १६ सम्म हुने छ ।
कांग्रेसले नेपाली राजनीतिमा एकै स्वरुपको प्रथम कार्यक्रमका रुपमा अभियान भनेर दाबी गरिरहेको जागरण अभियानको उद्घाटनका लागि पदाधिकारीहरु पनि खटाएको छ । जागरण अभियानको उद्घाटनका लागि कांग्रेसले १ नम्बर प्रदेशको सुनसरीमा उपसभापति विजयकुमार गच्छेदार, २ नम्बर प्रदेशको धनुषामा वरिष्ठ नेता रामचन्द्र पौडेल र ३ नम्बर प्रदेशको काठमाडौंमा सभापति शेरबहादुर देउवालाई खटाइएको जनाएको छ ।

यस्तै गण्डाकी प्रदेशको पोखरामा महामन्त्री पूर्णबहादुर खड्का, ५ नम्बर प्रदेशको रुपन्देहीमा महामन्त्री डा.शशांक कोइराला, कर्णाली प्रदेशको सुर्खेतमा कोषाध्यक्ष सीतादेवी यादव र सुदूरपश्चिम प्रदेशको धनगढीमा उपसभापति विलेन्द्र निधिले जागरण अभियानको उद्घाटन गर्ने भएका छन् ।
जागरण अभियानका लागि १२ भाषामा जागरण गीत तयार गरिएको छ । मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली भाषामा गीत तयार भएको हो। २५ गते अलगअलग प्रदेशका जिल्लामा प्रमुख नेताहरुले सम्बोधन गर्ने शर्माले जानकारी गराए । जागरण अभियान विदेशस्थित ३३ जनसम्पर्क समितिले पनि सञ्चालन गर्ने जनाइएको छ ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *