कोरोना प्रभावित क्षेत्रको पुनरोत्थानका लागि स्थानीय तह, सङ्घ र प्रदेश सरकारले बजेट तथा कार्यक्रमको व्यवस्था गरेका छन् । तर, बैँकबाट ऋण लिएका व्यवसायीले आम्दानी नभएको बेलामा ब्याज तिर्न नसकिने भन्दै समन्वय गरिदिन सरोकारवाला निकायलाई अनुरोध गर्दै आएका छन् । कोरोना महामारीकैबीच सरकारले अघिल्लो वर्ष बैंकको ब्याज छुटदेखि ऋण भुक्तानीको म्याद समेत थपेको थियो । तर, यो पटक मौद्रिक नीति अहिलेसम्म नआएका कारण त्यस्तो सुविधाबारे टुङ्गो नलागेको राष्ट्रबैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले बताउनुभयो । व्यवसायीले बैंक ऋण तिर्न अप्ठ्यारो भएको बताए पनि राष्ट्र बैंकको तथ्याङ्ग अनुसार कोरोना महामारी सुरु भएपछि ऋणको प्रवाह भने बढेको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *