इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स इलाभने पन्जावलाई १७ रनले पराजित गरेको छ ।

२ सय ३ रनको विजयी लक्ष्य पछ्याएको पन्जावले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८५ रन बनाउन सक्यो । पन्जावका ओपनर केएल राहुलले २७ बलमा ७ चौका र १ छक्का सहित ४२, क्रिस गेल २३,मयंक अग्रवाल ३५ र डेविड मिलर २४ रनमा आउट भए ।

त्यस्तै निकोलस पुरनले २८ बलमा ५ छक्का र १ चौका सहित ४६,रविचन्द्र आश्विन ६ रनमा आउट हुँदा मन्दीप सिंह ४ र मुरुगन आश्विनद १ रनमा अविजित रहे । बेंगलोरका उमेश यादवले ३,नन्दीप सैनी २,मार्कस स्टोइनिस र मोइन अलीले समान १ विकेट हात पारे ।

त्यसअघि घरेलु मैदान चिन्ना स्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रन बनाएको थियो । बेंगलोरलाई विशाल योगफलमा पुर्याउन एवी डी भिलियर्स ८२ रनमा अविजित रहे । उनले ४४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे ।

डी भिलियर्सले १९ औं ओभरको तेस्रो,चौथो र पाँचौ बलमा मोहम्मद शामीलाई लगातार छक्का प्रहार गर्दै कुल २१ रन बटुलेका थिए । त्यस्तै अन्तिम ओभरमा हार्डस विलोजेनलाई मार्कस स्टोइनिसले समान २ छक्का र चौका साथै एवी डी भिलियर्सले १ छक्का सहित २७ रन बटुलेपछि बेंगलोरले विशाल योगफल तयार पारेको हो ।

बेंगलोरले चौथो ओभरको पहिलो बलमा कप्तान विराट कोहलीलाई १३ रनमा गुमाएको थियो । मोहम्मद शामीले मन्दीप सिंहबाट क्याच आउट गराउनुअघि कोहलीले ८ बलमा २ चौका प्रहार गरे । सातौ ओभरको दोस्रो बलमा मुरुगन आश्विनले कप्तान रविचन्द्र आश्विनबाट पार्थिव पटेललाई ४३ रनमा क्याच आउट गराए । पटेलले २४ बलमा ७ चौका र २ छक्का प्रहार गरे । त्यस्तै मोइन अली ४ र अक्षयदीप नाथ ३ रनमा आउट भएपछि बेंगलोर समस्यामा परेको थियो ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *