प्रदेश २ सरकारले विवाहपञ्चमीको अवसरमा बुधबार प्रदेशमा सार्वजनिक विदा दिएको छ । शुक्रवारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सव अन्तर्गत बुधवार वैवाहिक कार्यक्रम रहेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल बैशाख १ गतेको निर्णय अनुसार नै बुधवार सार्वजनिक विदा दिइएको हो । शुक्रवारबाट सुरु भएको विवाहपञ्चमी महोत्सव बिहिवार सम्पन्न हुँदैछ् । सीताराम विवाहमहोत्सव अन्तर्गत पहिलो दिन शुक्रवार जनकपुर नगरदर्शन गरिएको थियो भने शनिवार फुलवारी लिला सम्पन्न गरिएको हो । आइतवार धनुषयज्ञ हुन लागेको छ भने सोमबार तिलकोत्सव, मंगलबार मटको, बुधबार शुभविवाह रहेको छ भने बिहिबार रामकलेवा भएसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *