बुधबार रातिदेखि पानी पर्ने क्रम बढ्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम हुने भएको हो । मनसुनी वायुको प्रभावले आज राति देशभरका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १, २, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भने अति भारी वर्षाको सम्भावना हो । यस्तै दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १, २, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । यसैगरी भोलि दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुँदा प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा निकै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । आउँदो शनिबारसम्म भारीदेखि अति भारी वर्षाको संभावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै भिरालो जमिन आसपास र नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *