अहिले मनसुन देशभर सक्रिय भइरहेको हो । जसका कारण बुधबार पनि मौसम प्रतिकुल रहने पूर्वानुमान गरिएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारे देशभर सामान्यदेखि पूर्ण बदली रहनेछन् ।

देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । बाग्मती,गण्डकी र लुम्बिनीमा प्रदेशका केही स्थानमा भने भारी वर्षाको हुने बताइएको हो । र अन्यमा सामान्य वर्षा हुने महाशाखाले जनाएका छन् ।