जेठ ८ जनकपुर
बुद्ध एयरले धनुषाको जनकपुरस्थित जिल्ला प्रशासन कार्यालय धनुषाको परिसरभित्र शेड निर्माण गरेको छ । सेवाग्राहीहरुको सूविधालाई ध्यानमा राखी निर्माण गरिएको उतm शेडको बुधवार एक कार्यक्रमका बिच बुद्ध एयर जनकपुरका प्रबन्धक विजय कुमार सिंह र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले सामुहिक रुपमा उदघाटन गरेका छन । ३ लाख २५ हजारको लागतमा निर्माण गरिएको उतm शेडबाट सेवाग्राहीहरु लाभान्वित हुने बुद्ध एयर जनकपुरका मैनेजर विजय कुमार सिंहले बताएका छन ।
जिल्ला प्रशासन पुग्ने सेवाग्राहीलाई चर्को घाममा लाइन लाग्दा भोग्नुपरेको कष्ट हेरेर ट्रसको शेड निर्माण गरेर आफूहरुले सामाजिक दायित्व निर्वाह गरेको सिंहले बताए । शेड निर्माण भइसकेपछि यहाँ आउने सेवाग्राहीहरु अब खुल्ला घाममा लाइन बस्नु नपर्ने आफूहरु विश्वस्त रहेको उनले बताए । बुद्ध एयरले गरेको सहयोगप्रति धन्यवाद दिँदै जिल्ला प्रशासन कार्यालय धनुषाले बुद्ध एयर र जनकपुर प्रमुख सिंहलाई कदरपत्र प्रदान गरेका छन् ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *