सङ्क्रमण फैलिन थालेपछि गतवर्षको वैशाखमा बीमा समितिले कोरोना स्वास्थ्य बीमा निर्देशिका जारी गर्दै कोरोना बीमा सुरु गरेको थिए । त्यसै अनुसार बीमा गरेकाहरुले आवश्यक कागजात पु¥याएर भुक्तानी गरेपनि महिनौ देखि बीमा रकम पाउन सकेका छैन् । काठमाडौं नक्सालका अनिता कुमारी घिमिरेलाई सात महिना अघि कोरोना सङ्क्रमण भएको थिए । गत साउनमै कोरोना बीमा गर्नुभएका उहाँले सङ्क्रमण भईसकेपछि सबै प्रक्रिया पूरा गरेर बीमा भुक्तानी दावी गर्नुभए । तर उहाँले कोरोना बीमा बापतको रकम अझै पाउनुभएको छैन् । बेलका नगरपालिका उदयपुरका जानुका कार्की नगरपालीका कै मनोविमर्शकर्ता हो । कोरोना सङ्क्रमण फैलिरहेका बेला क्वारेन्टिनमा र आइसोलेसनमा रहेका सङ्क्रमितलाई भेटेर मनोपरामर्श सेवा प्रदान गर्दै गर्दा उहाँ पनि सङ्क्रमित बन्नुभए । उहाँले पनि गत असोजमै कोरोना बीमा रकम भुक्तानीको लागि कागतजात पेश गरिसक्नु भए तर अहिले सम्म रकम पाउनु भएको छैन् । काठमाडौं उपत्यका प्रशारण मञ्च काठमाडांैले उपत्यकामा सञ्चालित सबै रेडियोका १०÷१० जनाको कोरोना बीमा गरेको थिए । ३६ जना कोरोना सङ्क्रमित भएकोमा १२ जनाले मात्रै बीमा रकम पाएका छन् । बीमा समिति नेपालको चैत्र महिनासम्मको तथ्याङ्क अनुसार कोरोना बीमा रकम दावी गर्नेहरु मध्ये ९१ हजार ६ सय ७३ जनाको आवश्यक कागजात पुगेको हो । जसमध्य ६० हजार ५ सय ८७ जनाको लागि ५ अर्ब ८५ करोड १५ लाख बराबरको रकम भुक्तानी गरिएको हो । कागजात पुरा भएर पनि ३१ हजार बढिको रकम भुक्तानीमा किन ढिलाई भईरहेकोबारे बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा गर्ने कम्पनीले बीमाको रकम भुक्तानि गर्ने भन्दै केही ढिलाई भएको बताउनुभए । उहाँले आफ्नै कोषबाट भएपनि बीमाको रकम भुक्तानि गर्न बीमा कम्पनीलाई भनेको र सरकारबाट बजेट आएपछि रकम उपलब्ध गराउने जानकारी दिनुभए । सरकारले बीमा कम्पनीसँगको सम्झौता अनुसारको रकम नदिएका कारण कोरोना बीमाको रकम भुक्तानीमा ढिलाई भईरहेको कम्पनीहरु बताएका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *