प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेका रिटमाथि बिहीबारबाट सुनुवाइ हुने भएको हो । सर्वोच्च अदालतमा परेका ३० मध्ये १९ रिटको बिहीबार पेशी तोकिएको हो । प्रधानमन्त्री ओलीको सिफारिशमा यही जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी आगामी कात्तिक र मंसिरमा मध्यावधि चुनाव घोषणा गर्नुभएको थिए । उक्त कदमका विरुद्ध विपक्ष गठबन्धनका १ सय ४६ सांसदसहित कानुन व्यवसायीले ३० वटा रिट दायर गरेका छन् । ३० रिटमध्ये ११ वटा संवैधानिक इजलासमा र १९ वटा साधारण इजलासमा सुनुवाइ तोकिएको हो । ११ रिटमाथि भोलि संवैधानिक इजलासमा सुनुवाइ हन्ुने हो । विपक्षी दलका तर्फबाट रिट दर्ता गराउँन कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलसहित सांसदहरू सर्वोच्च पुगेका थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *