बिहीबारदेखि देशका १५ जिल्लामा निषेधाज्ञा लागू भएको हो । कोरोना महामारीको जोखिम बढेपछि सङ्क्रमण दर रोक्न सरकारले बिहीबारदेखि देशका विभिन्न १५ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । काठमाडौं उपत्यकाका ३ जिल्लासहित कैलाली, कञ्चनपुर, पर्सा, रूपन्देही, बर्दिया, सुर्खेत, कास्की, लगायतका जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं उपत्यका र रुपन्देहीमा १५ दिनका लागि निषेधाज्ञा जारी गरिएको हो । सङ्क्रमणको जोखिमको अवस्थालाई ध्यानमा राखेर निषेधाज्ञाको सयमावधि थप गर्न सक्ने अधिकारी जिल्ला प्रशासन कार्यालयलाई दिइएको हो । काठमाडौं उपत्यकामा बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको हो । प्रमुख नाका र मुख्य–मुख्य चोकहरुमा ट्राफिक प्रहरीहरु खटिएर जाँच गरिरहेका छन् । बिहीबारबाट सुरु भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहनेछ । निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सडकहरु बिहानैदेखि सुनसान देखिएका छन् । अत्यावश्यक सेवाका र सञ्चालन अनुमति पाएका गाडीहरु फाट्टफुट्ट चलेका देखिन्छ । निषेधाज्ञा उल्लंघन गरे कानूनबमोजिम कारबाही हुनेछ । सङ्क्रामक रोग ऐन, २०२० अनुसार आदेश पालना नगरेमा एक महीनासम्म कैद वा १ सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ । सङ्क्रामक रोग ऐनमा काममा बाधा पु¥याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँ जरिवाना अथवा दुवै सजायको समेत व्यवस्था हो । यसैगरी स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले ५ सय रुपैयाँसम्म जरिवाना वा एक महीनासम्म कैद वा दुवै सजाय दिन सक्ने अधिकारको व्यवस्था गरिएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *