पशु स्वास्थ्य र मानव स्वास्थ्य सुधारका लागि वातावरणिय संरक्षण भन्ने मुलनारा का साथ बिश्व भेटेरिनरी दिवस सम्पुर्ण बिश्वमा मनाउने भएता पनि यसबीच कोविड-१९ को महामारीका कारण यस बर्ष को बिश्व भेटेरिनरी दिवस नारालाई सम्मान गरेर मनाउने पर्ने भएको छ। April महिनाको अन्तिम शनिबारका दिन बिश्वभरिका पशु स्वास्थ्य तथा संरक्षण क्षेत्रमा कार्यरत सम्पुर्ण पशु चिकित्साकर्मिले पेशागत बिकास लाई World veterinary day मनाउने गर्दछ्न।

यस अवसर पारी नेपाल भेटेरिनरी एसोसिएसन केन्द्रीय समितिले शुभकामना संदेश जारी गर्दै कोविड-१९ को बिश्वब्यापी प्रकोपको कारण देश बन्दा बन्दीको अवस्था रहेकोमा नेपाल सरकारले लागू गरेको नियमहरु र ब्यत्तिगत सरसफाइका सबै उपायहरु अबलम्बन गर्न सम्पुर्ण नेपालीलाई अध्यक्षद्वय नेपाल पशु चिकित्सा परिषद तथा नेपाल भेटेरिनरी एसोसिएसन क्रमशः डा. सिताराम आर्याल तथा डा.शितलकाजी श्रेष्ठले आग्रह गरेका छन।बिश्व भेटेरिनरी दिवसले पशुपन्क्षी क्षेत्रका सबै चुनौतीहरु को सामना गर्दै पशुपन्क्षी पालनका माध्यमबाट राष्ट्रिय समृद्धि हासिल गर्न र एक स्वास्थ्य (one helath) नीति अनुरुप सहकार्य गर्न अघि बढन नेपाल भेटेरिनरी एसोसिएसन तथा नेपाल पशु चिकित्सा परिषद ले संयुक्त सम्पुर्ण पशु चिकित्सामा कार्यरत ब्यतित्व लाई शुभकामना व्यक्त गरेका छन।पशु अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धनुषाका प्रमुख डा.शम्भु साहले बिगतका बर्षमा भब्य तरिकाले मनाउदै आएको मा यस बर्ष कोबिड-१९ को महामारीका कारण world veterinary day मनाउन नसके पनि हामी सम्पुर्ण पशु सेवाकर्मी आ-आफ्नो ठाउबाट पशुसेवाको हितमा कार्य गर्नुपर्ने भनेर सम्पुर्णलाई अपील गरेका छन। नेपाल भेटेरिनरी एसोसिएसन प्रदेश न.०२ का अध्यक्ष डा.जय प्रकश यादवले सम्पुर्ण पशु चिकित्सकलाई बिश्व भेटेरिनरी दिवसको शुभकामना दिदै यस महामारीको बेला सबैजना सुरक्षित साथ बस्न आग्रह गरेका छन, त्यसतै प्रदेश ०२ नेपाल भेटेरिनरी एसोसिएसन का सदस्य डा.सुमन कुमार सिंहले पशु स्वास्थ्य र मानव स्वास्थय का बताबरणिय संरक्षण भन्ने नारालाई सबैले आत्मसात पालना गर्नुपर्ने र त्यस्का लागि हामी सम्पुर्ण पशु स्वास्थयकर्मीले साथ दिने भनेर जनाएका छन।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *