धनुषाको बिदेह नगरपालिका वडा नं. ६ मा बुधबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरबाट २१२ जना लाभान्वित भएका छन् । बिदेह नगरपालिकाको सहकार्यमा आयोजित एक दिने शिविरमा २१२ जनाले आँखाको परीक्षण गराएकोमा ५२ जनामा मोतियाबिन्दुको समस्या पाइएको स्थानीय तिनकौरिया पब्लिक स्कुलका प्राचार्य प्रमोद मंडलले बताएका छन । शिविरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीलाई जानकी आँखा अस्पताल जनकपुरधाममा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको जनाईएको छ । शिविरमा निःशुल्क आँखा परीक्षणका साथै परामर्श र औषधि वितरणको सुविधा दिइएको थियो । तिनकौरिया पब्लिक स्कुलका प्राचार्य प्रमोद मंडलको अध्यक्षतामा भएको सो कार्यक्रममा बिदेह नगरपालिकाका उपप्रमुख निलम देवी मंडल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बिदेह नगरपालिका वडा नं. ६ का वडाध्यक्ष जयराम मंडल , ईन्द्रनारायण मंडल , बिमलदेव बिराजी , रामलाल दास सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *