बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको हो । गयराति भएको फाइनलमा बोरुसिया डर्टमण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि हात पारेको हो । बायर्नलाई उपाधि दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । थोमस मुलरको नाममा एक गोल रह्यो । डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए । बायर्नले आठौं पटक सुपर कपको उपाधि जितेको हो । जर्मन सुपर कपको उपाधिका लागि बुन्डेसलिगा च्याम्पियन र जर्मन कप विजेताले प्रतिस्पर्धा गर्ने नियम रहेको हो । बायर्नले बुन्डेसलिगा जितेको थियो भने डर्टमण्डले जर्मन कप जितेको थिए ।
