संसदमा मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’माथि बिहीबारबाट छलफल हुँदै छ । छलफल हुनुअगावै संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन शुरु भएको छ । महानगरीय प्रहरी कार्यालयले प्रदर्शनलाई लक्षित गरेर बानेश्वरमा २ हजार ४ सय भन्दा बढी प्रहरी परिचालन गरेको छ । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरका अनुसार महानगरीय प्रहरी परिसरबाट १२ सय प्रहरी परिचालन गरिएको छ । महानगरीय प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयबाट थप १२ सय सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनालीसँगै १४ जना डिएसपीलाई फिल्डमा परिचालन गरिएको छ । सुरक्षा व्यवस्थाको समग्र कमाण्ड काठमाडौंका एसएसपी सुदिप गिरीले गरेका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *