सिन्धुपाल्चोकका मेलम्ची हेलम्बुका बाढि प्रभावितलाई ४ लाख २० हजार रकम सहयोग गरिएको हो । पाँचपोखरी थाङ्गपाल गाँउपालिका ७ का युवाहरु महेश लाल श्रेष्ठ, श्याम श्रेष्ठ तथा अन्य युवाबाट सङ्कलित रकम मेलम्ची हेलम्बुका बाढि प्रभावितलाई हस्तान्तरण गरिएको हो । शुनिबार हेलम्बुका २२ घरधुरी प्रभावितलाई दश हजारका दरले सहयोग रकम वितरण गरिएको छ । त्यस्तै मेलम्ची पुनः निर्माण सरोकार समितिलाई दुई लाख हस्तान्तरण गरिएको अभियन्ता मनिष श्रेष्ठले जानकारी दिनुभए । छिमेकी पालिकामा विपद पर्दा सहयोग गर्न पाएकोमा अभियन्ता महेश लाल श्रेष्ठले खुसी व्यक्त गर्नुभए । असार १ को बाढिले मेलम्ची र हेलम्बुका चार सय २० घरधुरी विस्थापित भएका छन् । पाँच जनाको मृत्यु भएको छ भने २० जना अझै वेपत्ता छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *