नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्नुभएको हो । उहाँ वाग्मती प्रदेशको मुख्यमन्त्रीमा बुधबार नियुक्त हुनुभएको हो । मुख्यमन्त्री डोरमणी पौडेलले बुधबार नै एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थिए । शाक्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट निर्देशन आएसँगै पौडेल राजी भएर राजीनामा दिनुभएको हो  । पौडेलकै प्रस्तावमा शाक्यलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरिएको थिए । बाग्मती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दुई सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको हो । उहाँले कृष्ण खनाललाई सामाजिक विकास मन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गर्नुभएको हो । हाल बाग्मतीमा नेकपा एमालेको एकल बहुमत हो।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *