आइतवार र सोमबार पनि नियमित कक्षा चलेको बागलुङ नगरपालिकाको एक बिद्यालयमा पढ्ने बिद्यार्थी र शिक्षक गरी ३९ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको हो । स्वास्थ्य कार्यालय बागलुङले सो बिद्यालयका ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा सङ्क्रमण पुष्टी भएको कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो । पुष्टी भएकालाई घरघरमै सुरक्षित रहन भनिएको हो । तर उनीहरु सँगै पढेका अन्य बिद्यार्थी बिदा मनाउन कता पुगेका छन् भन्ने बिद्यालयमा जानकारी छैन । सङ्क्रमणको जोखिम उच्च छ भनेर स्वास्थ्य मन्त्रालयले भनेपनि मंगलबारसम्म बिद्यालय बन्द गरिएको छैन । मन्त्री परिषद्को निर्णयले समेत बागलुङमा पालना भएको छैन । सङ्क्रमण बढेपछि अभिभावकले भने विद्यालय बन्द गर्नुपर्ने माग गरेका छन्

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *