बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने हुनुभएको हो । दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा उहाँले विश्वासको मत लिने प्रस्ताव पेश गर्नुहुने भएका छन् । त्यसअघि १ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तयार गरेपछि सोही अनुसार बैठकको तयारी हुने बागमती प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले सीआईएनलाई जानकारी दिनुभए । विश्वासको प्रस्ताव पेश भएसँगै मतदान पनि आजै हुनसक्ने बताइएको हो । नेपालको संविधानको धारा १ सय ६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अबस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाका सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको हो । यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लाग्नुभएका छन् । हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक हुन्छ । गठबन्धनबाट मुख्यमन्त्री बनेका पाण्डेको पक्षमा ५९ जनाको हस्ताक्षर गरेका छन् । प्रदेश सभामा एमालेको ४३ जना, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई–दुई जना तथा जनता समाजवादी पार्टी नेपालको एक जना प्रदेश सभाका सदस्य छन् ।

  • 546
    Shares
सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *