बाजुराको जगन्नाथ गाउँपालिका वडा नं. १ को कालापानी लेकमा बाँदरले बालीनाली नष्ट गरेपछि किसानले खेती गर्नै छोडेका छन् । हरेक बर्षको खेती बाँदरले नै खाइदिएपछि किसान जमिन बाँझै राख्न बाध्य भएका छन् । जंगली जनावरले लगाएको बाली सखाप पार्न थालेपछि जमिना बाँझै छोडिदिएको स्थानीय वीरबहादुर विष्टको भनाइ हो । वडा नम्बर १ मा करिब ५ सय घर परिवारको वसोवास रहेको छ । जहाँका नागरिकले व्यावसायिक रुपमा स्याउ खेती सुरु गरेका थिए । गाउँको लगभग सयौँ मुरी फल्ने क्षेत्रफलमा रोपिएको स्याउ फल्न सुरु गरेपछि बाँदरले सखाप पारिदियो । दुःख गरेर उत्पादन गरेको तरकारी तथा फलफूल बाँदरले खाइदिने गरेको स्थानीय नन्दकला विष्टले बताउनुभए । पहिले गाउँमा उत्पादित अन्न वालिले ६ महिनाको लागि भए पनि खान पुग्थ्यो । तर अहिले त उत्पादन शून्य भएको हो । जीवन चलाउनै समस्या भएको नागरिकको गूनासो हो। बाजुरामा मात्र नभइ देशभरि नै जंगली जनवारले खाद्य बाली सखाप पारिदिने समस्या छ । बाँदर नियन्त्रणको दीर्घकालीन उपाय नभए पनि बाँदरलाई मन नपर्ने बाली लगाउने, बाँदरलाई मन नपर्ने आवाज बजाउने, बाँदरलाई नजिस्याउने गर्न सके यसबाट हुन सक्ने क्षति रोक्न सकिने विज्ञहरु बताउँछन् ।।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *