जेठ २३
बर्तमान सरकार पूर्ण रुपमा असफल भएको नेपाली कांग्रेसका नेता प्रदिप गिरीले बताएका छन । नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ३ ले आयोजना गरेको राष्ट्रिय जागरण अभियानलाई सम्बोधन गर्दै उनले निर्माला हत्याकाण्ड, सुनकाण्ड, बालुवाटार जग्गा काण्ड, वाइडवडी, मेलम्ची खानेपानी, बुढी गण्डी जस्ता काण्डमा सरकार पुर्ण रुपमा फसेको बताएका छन ।
गिरीले सरकारको कार्यशैलीले गर्दा केन्द्र देखि गाँउ सम्माका नागरिकहरुले दुःख पाएको समेत आरोप लागएका छन् । पार्टी भित्रको गुटलाई अन्त्य गरियो भने नेपाली कांग्रेस कहिले पनि पराजित नहुने बताएका छन । हामीले एक बद्ध भएर लाग्नु पर्ने उनले बताए ।


कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादवले वर्तमान सरकार जनताको हितमा केही गर्न नसकेको आरोप लगाए । उनले वर्तमान सरकार दुई तिहाइको दम्भमा अधिनायकवादतर्फ उन्मुख रहेको बताएका छन् ।
उनले नेपाली कांग्रेसले नै देशमा विकासको लहर ल्याएको र कांग्रेस नै संविधान संशोधनको मुद्दा समेत अगाडि बढाउने बताए । आउने निर्वाचनमा कांग्रेसलाई नै जनताले विश्वास गर्ने बताउंदै उनले लोकतन्त्रको रक्षाको लागि कांग्रेस सदैव अग्रसर रहेको बताए ।
नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ३ का क्षेत्रिय अध्यक्ष कन्हैया कर्णको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव , सांसद मिनाक्षी झा , नेपाली कांग्रेस धनुषा अध्यक्ष महेशशंकर गिरी सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *