बाग्लुङको बरेङ गाउपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि ३७ करोड ३४ लाख ४७ हजार ४ सय ४० रुपैयाँ बराबरको बजेट पारित गरेको हो । पालिकाको सातौँ गाउँसभामा पालिका उपाध्यक्ष दिलकुमारी पुनले गाउँ सभामा पेश गर्नुभएको बजेट सर्बसम्मतिमा पारित भएको हो । गाउँपालिकाले कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य क्षेत्रका लागि एक करोड १५ लाख, शिक्षा क्षेत्रका लागि रु. एक करोड ९८ लाख बजेट बिनियोजन गरेका छन् । कृषि तथा पशुमा एक करोड ५० लाख बजेट विनियोजन गरेका छन् । स्वास्थ्यको बजेट कोरोना महामारीसंग जुध्न ५० लाख बिनियोजन भएको प्रमुख प्रशासकीय रमेश थापाले बताउनुभए । थापाका अनुसार ५० प्रतिशत योजना तथा कार्यक्रमलाई निरन्तरता दिइएको र २५ प्रतिशत नयाँ कार्यक्रम ल्याइएको बताउनुभए । गाउँपालिकाले सञ्चारमाध्यामलाई पनि भरपुर प्रयोग गरेर रेडियो कार्यक्रममार्फत जनतालाई सु–सूचित गराउने, गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषिलो खाना लगाएतका प्रभावकारी कार्यक्रम पनि ल्याएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *