कमला बचाउ अभियान अभियान अन्तर्गत आज धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा न.९ बरमझियाको कमला घाटमा बृक्षारोपन गरिएको छ ।

वडा सदस्य सहिद नदाफको अध्यक्षता एवम शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरियाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा कमला अभियानी बिक्रम यादव ,नेकपाका जिल्ला सचिब दिपक यादव,नेकपाका प्रदेश कमिटी सदस्य रोशन यादव,मानव अधिकारकर्मी एवम कमला अभियन्ता बिनोद महरा, नेकपाको नेता महेशलाल यादव, ११ नम्वर वडाका वडाध्यक्ष सत्यनारायण कुवर, नेता कैलास मल्ल, सोभित यादव, कमला अभियानी राजकिशोर सहलैता, सुरेन्द्र यादव, पत्रकार नरेश बरबरिया, किशोर मणडल, अमरेन्द्र यादव, रामएकवाल महरा लगायत बुद्धिजिवी ,नागरिक समाजको उपस्तिथि रहेको थियो ।उक्त कार्यक्रममा शहिदनगरपालिकाको सौजन्यमा १०० टिसर्ट बितरण गरिएको थियो ।