बडादसैँको आज सातौँ दिन, घरघरमा विधिपूर्वक नवपत्रिका अर्थात फूलपाती भित्र्याईँदैहो । नवपत्रिका अर्थात् फूलपातीका रुपमा उखु, बेसार, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइ शक्तिको प्रतीकका रूपमा प्रत्येक फूलपातीमा छुट्टाछुट्टै देवीको पूजा गरिन्छ । आश्विन शुक्ल प्रतिपदाका दिन विधिपूर्वक सुरु गरिएको दुर्गापूजाका क्रममा महाअष्टमी, महानवमी र विजयादशमीका दिनमा विशेषपूजाका लागि शुभ साइतस्वरुप नवपत्रिका अर्थात् फूलपाती भित्रयाउने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष श्रीहरि अधिकारीले सीआईएनसँग बताउनुभएका छन् । हनुमानढोका दरबारमा आज गोरखाबाट ल्याइएको फूलपाती अपरान्ह् भित्रयाइनेहो । नेपाली सेनाले परम्परागतरूपमा फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारी अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहमा सहभागी हुने कार्यक्रम तय भएको हो । नेपाली सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गर्ने अनि सैनिक हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत हुने नेपाली सेनाले जनाएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *