बझाङको साइपाल गाउँपालकिामा खाद्यान्नको अभाव भएपछि जनप्रतिनिधिको एक टोली चामलको व्यवस्थापन गर्न काठमाडौँ आइपुगेको हो । गाउँपालिकाका उपाध्यक्ष कल्पनादेवी बोहराले बताएअनुसार त्यहाँ करिब ६ सय १० घरपरविार भोकमरीको समस्यामा छन् । उपाध्यक्ष कल्पनादेवी बोहरा, वडा १ का अध्यक्ष गोपाल बोहरा, २ का अध्यक्ष हरलिाल बोहरा, ३ का अध्यक्ष जगवीर बोहरा र ४ का जयसिंह रोकाया काठमाडौँ आउनुभएको छ । गहुँ, जौ, कोदो र मकै पनि खडेरीले नउम्रिएपछि समस्या भएको स्थानीय किसानको भनाइ हो । उपाध्यक्ष कल्पनादेवीले आफूहरूलाई बिभिन्न निकायबाट आश्वास मिलेको तर समस्या समाधान नहुँदासम्म काठमाडौँबाट नफर्किने बताउनुभयो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *