सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन चुनौतीपूर्ण हुने विज्ञहरूले टिप्पणी गरेका छ । सरकारले शनिवार आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थिए । अर्थविद् डा जनार्दन आचार्यले बजेटका कार्यक्रम आकर्षक भए पनि कार्यान्वय हुनेमा शङ्का व्यक्त गर्नुभए । ‘समग्रमा नारा र रकम विनियोजन राम्रो सुनिएको हो । तर कार्यान्वयका लागि स्रोतको व्यवस्थापन भनेजस्तो सजिलो देखिँदैन ।’ आचार्यले भन्नुभयो । विपक्षी दलहरूले पनि सरकारले चुनाव लक्षित गरी मतदातालाई प्रभावित पार्नका लागि बजेट केन्द्रित गरेको टिप्पणी गरेका छ ।

नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले कार्यान्वयन गर्नका लागि भन्दा पनि जनता झुक्याउने गरी बजेट ल्याइएको बताउनुभए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार बजेट प्रस्तुत गर्नुभएको थिए । अर्थमन्त्री पौडेलका अनुसार संघीय सरकारले खर्च गर्ने चालु खर्च तर्फ ६ खर्ब ७८ अर्व ६१ करोड रुपैयाँ विनियोजन गरेको हो । यो कुल बजेटको ४१.२ प्रतिशत छ । सरकारले पुँजीगततर्फ तीन खर्व ४७ अर्व रुपैयाँ छुट्याएको छन् । त्यो कुल बजेटको २२.७ प्रतिशत हो । सोहीअनुसार वित्तिय व्यवस्थातर्फ २ खर्ब ७ अर्व ९७ करोड रुपैयाँ विनियोजन गरेको छन् । यो कुल बजेटको १२.६ प्रतिशत हो । अध्यादेशमार्फत ल्याइएको बजेटमा धेरै लोकप्रिय कार्यक्रम समेटिएका छन् । प्रमुख प्रतिपक्षी दलहरुले यो अवस्थामा पूर्णआधारको बजेट ल्याउन नहुने जिकिर गरिरहेका बेला सरकारले पूर्ण आकारको बजेट ल्याएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *