निषेधाज्ञा खुकुलो बनाएपछि सङ्क्रमण दर फेरि उकालो लाग्न थालेको छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले पनि कोरोना सम्बन्धी नियमित जानकारी दिँदा कोरोना सङ्क्रमण दर फेरि बढेको र सावधानी अपनाउनका लागि पटकपटक अनुरोधसमेत गदै आउनुभएको छ । डोल्पामा कोरोना सङ्क्रमण दर १० दिन अघिको तुलनामा बढेको छन् । अहिले कोरोना परिक्षण भएका मध्ये ५० प्रतिशतमा पोजिटिभ पाइएको डोल्पा स्वास्थ्य कार्यालयका प्रमुख अमरसिंह शाहीले बताउनुभयो । चितवनमा पनि अहिले कोरोनाको सक्रिय सङ्क्रमितको संख्या १३ सयभन्दा बढी छ । अस्पतालमा गम्भीर बिरामी भर्ना हुने दर कम भए पनि नयाँ सङ्क्रमित थपिने दर बढेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. दीपक तिवारीले बताउनुभयो । गण्डकी प्रदेशमा पनि सङ्क्रमणको दर एक साता अघिको तुलनामा बढेको तथ्याङ्कले देखाउने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिम खड्काले जानकारी दिनुभयो । सरकारले पनि मानिसहरुको भीडभाड बढेको हुँदा सङ्क्रमण दर बढेको उल्लेख गर्दै सावधानी अपनाउन भन्दै आएको छन् । यसरी नै सङ्क्रमणको दर बढ्दै जानुलाई कोरोनाको तेस्रो लहरको रुपमा बुझ्न सकिने सरुवारोग विशेषज्ञ डा.बाबुराम मरासिनीले बताउनुभयो । सरकारले कोरोनाको जोखिम कायमै रहेको बेला जनजीवन सामान्य बनाउन निषेधाज्ञालाई खुकुलो बनायो । तर निषेधाज्ञा खुकुलो हुँदैमा कोरोना सकियो भन्ने गलत बुझाइ नागरिकमा हुदा स्वास्थ्य मापदण्डको पूर्ण पालना नभएको सरकारको बुझाइ छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *