अषाढ १७
धनुषाको जनकनन्दनी गाउंपालिका वडा नं. ३ प्र.खे. महुवामा गरिबसंग विश्वेश्वर कार्यक्रम अन्तर्गत मंगलवारदेखि ७ दिने अगरबती बनाउने तालिम शुरु भएको छ । जनकनन्दनी गाउंपालिकाको आयोजनामा शुरु भएको सो ७ दिने तालिम अषाढ २३ गते सोमवारसम्म जारी रहने जनाईएको छ । तालिममा स्थानीय ४१ जना महिलाहरुको सहभागिता रहेको छ । सहभागीहरुलाई ७ दिनसम्म अगरबती बनाउन सिकाईने संस्थाले जनाएको छ । वडा नं. ३ का वडाध्यक्ष विष्णुदेव साहको अध्यक्षतामा भएको तालिम उदघाटन कार्यक्रममा जनकनन्दनी गाउंपालिकाका उपाध्यक्ष भारती कार्की प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता राजकुमार मंडल , समाजिक परिचालक रामेश्वर पासवान , वडा सदस्य देशशरण मंडल , प्रशिक्षक कृष्ण मंडल सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । महिलाहरुलाई आत्म निर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *