किशोर मंडल , १८ गते जनकपुरधाम कोरोनाको अग्रपंतिmमा रहेका पत्रकारहरुको सुरक्षालाई ध्यानमा राखी नेपाली कांग्रेस जनकपुरधाम नगर समितिले नेपाल प्रेस युनियन धनुषालाई स्वास्थ्य सुरक्षा सामग्रीहरु हस्तान्नतरण गरेको छ । नगर समितिले नेपाली कांग्रेसका नेता एवम जनकपुर नगरका पूर्व नगरप्रमुख बजरंग प्रसाद साहको सौजन्यमा आईतवार सुरक्षा सामग्रीहरु हस्तान्नतरण गरेको हो । नगर समितिका सभापति मनोज साह र पूर्व नगर प्रमुख साहले संयुतm रुपमा नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंहलाई मास्क , सेनीटाईजर , ग्लब सहितका सुरक्षा सामग्रीहरु प्रदान गरेको हो । कार्यक्रममा पूर्व नगर प्रमुख साहले कोरोना भाईरसको संक्रमणबाट जोगिन लक डाउनको कडाईका साथ पालना गर्नुपर्ने बताए । उनले हालसम्म कोरोना भाईरस नियन्त्रण गर्न कुनै पनि औषधी बन्न नसकेकोले घरमै बसी सुरक्षित रहनुको विकल्प नभएकोमा जोड दिए । कार्यक्रममा नेपाली काँग्रेस जनकपुरधाम उपमहानगरपालिकाका नगर सभापति साहले तीन महिनाका लागि तीनवटा संस्थाको शुल्क मिन्हा गर्न माँग गरेको छ ।

साहले लकडाउनको कारण सर्वसाधारण जनता निक्कै प्रभावित भएकोले बिजली बिल, खानेपानी , भुबहाल कर , कोठाभाडा तथा टेलिफोनको शुल्क मिन्हा गर्न नेपाल सरकारसँग माँग गरेका हुन । नेपाल सरकारको बजेटमाथि टिप्पणी गर्दै उनले भने, ‘वर्तमान सरकार गैर जिम्मेवार सरकारको हो । विश्व कोरोना भाइरसबाट परेशान छ । तर हाम्रो सरकारको बजेट हेर्ने हो भन्ने स्वास्थ्य र कृषिमा आधारित छैन ।’ उनले अगाडि थपे ‘निर्माण लगायतको बजेट कटौती गरी कोरोनामा लगाउनु पर्दछ ।’ कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शैलेन्द्र झा , वरिष्ठ पत्रकार रामभरत साह , नेपाली काग्रेस धनुषा सदस्य गणेश झा , नेपाल पत्रकार महासंघ प्रदेश २ का कोषाध्यक्ष प्रविण साह , नेपाल प्रेस युनियन धनुषाका पूर्व सभापति कमल साह , नेपाल प्रेस युनियन धनुषाका उपाध्यक्ष अकुल साह , नेपाल प्रेस युनियन धनुषाका सचिव निरंजन साह , सदस्य किशोर मंडल सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन नगर समिति सचिव रबिन्द्र सिंहले गरेका थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *