कोरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दी (लकडाउन) लम्बिँदै गएमा विद्यालय तहमा विद्यार्थीको नियमित पठनपाठन ठप्प हुनुका साथै कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने भन्दै प्रवेशिका (एसईई), कक्षा ११ र १२ को परीक्षा स्थगित गरिएको छ । तल्लो तहमा सञ्चालन गरिएको परीक्षाको नतिजा पनि आउन बाँकी छ,कोरोना भाइरस (कोभिड – १९) सक्रमणको जोखिम न्यूनिकरण गर्न सरकारले गरेको लकडाउनका कारण अवरुद्ध पठन पाठनलाई भर्चुअल कक्षाका रुपमा सञ्चालन गर्नु पर्ने भन्ने सोच बनाएको बेला प्राबिधिक शिक्षक एसोसिएसन प्रदेश न.०२ ले online तयारी कक्षा नमूना प्रश्न तथा नमुना प्रशनोतर तथा पुर्व सोधिएका प्रश्न हरुलाई online द्वारा बिद्यार्थी लाई घरमै बसी बसी अध्ययन गराउने बाताबरण सिर्जना गरेका छन, जसकारण बिद्यार्थीहरु लाई आउदै गरेको SEE, कक्षा 11र 12 का बिद्यार्थीलाई सहजीकरण हुने प्राबिधिक शिक्षक एसोसिएसन प्रदेश न.०२ का अध्यक्ष डा.सुमन कुमार सिंह तथा जनता नमुना प्राबिधिक बिद्यालय,बिदेह मा कार्यरत प्राबिधिक धार तर्फ पशु बिज्ञानका सम्पुर्ण प्रशिक्षक हरु साथै प्रदेश न.०२ मा कार्यरत सम्पुर्ण प्रशिक्षक हरुले सम्बन्धित बिषयको नमुना प्रश्नोत्तर,पुर्ब सोधिएका प्रश्नपत्र तथा बिध्यार्थी हरुले सोधेका समस्या सोसल मिडिया फेसबूकका मार्फत राखिसकेको अध्यक्ष सिंहले जनाएका छन।बाली बिज्ञान,ईन्जिनियरिङ तर्फ सिभिल,इलेक्टि्रकल तथा कम्पुटर इन्जिनियरिङ तर्फ को पनि नमुना प्रश्नोत्तर तयारी भइ रहेको केन्द्रीय प्राबिधिक शिक्षक एसोसिएसन का अध्यक्ष महेश पौडेलले जानकारी दिनुभएको छ । प्रदेश ०२ का प्राबिधिक शिक्षक एसोसिएसनले यस्तो बिकट घडीमा बिद्यार्थीहरु को हकहीत लागी गरिएको कार्यलाइ केन्द्रिय अध्यक्ष महेश पौडेलले प्रशन्शा गरेका छन। साथै प्रदेश०२ समिती लाई मद्दत गर्ने डा.बिनोद कुमार यादव, डा.पवन कुमार झा,डा.भरत झा,डा.रोशन राजन शाह,डा.महेन्द्र मण्डल,राम भरोश यादव,सुरेन्द्र यादव,बिभा यादव,सुमि सिंह लगायत धनुषा जिल्ला को श्री रा.मा.वि रूपैठ बेल्हीमा कक्षा १०&११ मा अध्ययनरत प्राविधिक धार तर्फका परीक्षार्थीको लागि ICT द्वारा कक्षा संचालन गरिने भएको छ।ई.वसन्त झा,ई.माे.हजरत राईन,सुदिप कुमार झा ,दिपक कुमार झा को कार्यलाइ लोकडाउन को बेलामा बिद्यार्थिको हकहितका लागि गरिएको यस्ता किसिम्मको कार्यलाई प्राबिधिक शिक्षक एसोसिएसन,प्रदेश ०२ का अध्यक्ष डा.सुमन कुमार सिंहले सम्पुर्ण प्रशिक्षक,सहायक प्रशिक्षक तथा प्रशिक्षण सहायक लाई धन्यवाद दिदै यस्ता कार्यहरूमा साथ दिने सम्पुर्ण प्रशिक्षार्थी हरुले मौकाको फाइदा उठाउन आग्रह समेत गरेका छन र भबिष्यमा पनि सदैब प्राबिधिक शिक्षाको उत्थानको लागि आफू हमेशा तत्पर रहने प्रतिबद्धता जनाएका छ्न।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *