श्रावण ११
धनुषामा सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदा एक बालक गम्भिर घाईते भएका छन । घाईते हुनेमा धनुषाको बिदेह नगरपालिका वडा नं. ६ एकराही बस्ने नन्दकिशोर मंडलका ११ वर्षीय छोरा प्रशान्त कुमार मंडल रहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल महिनाथपुरमा कार्यरत प्रहरी जवान रामकृष्ण तमाङले मदिरा सेवन गरि तिव्र गतिमा चलाउंदै गरेको ज ९ प २८७३ नंं. मोटरसाईकल अनियन्त्रित भई बिदेह नगरपालिकाको तिनकौरिया चोकमा बालकलाई आज दिउंसो ४ बजे ठकक्र दिएको प्रत्यक्षदर्शीहरुले जनाएको छ । बालक मंडलको जनकपुर अंचल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिराटनगर न्युरो हस्पिटल रेफर गरिएको जनकपुर अंचल अस्पतालले जनाएको छ ।


मदिरा सेवा गरि बालकलाई ठक्कर दिने प्रहरी जवान तमाङ समेत घाईते भएका छन । उनको जनकपुर अंचल अस्पतालमा उपचार भईरहेको छ । घटनाको विरोधमा स्थानीयहरुले दोषीलाई कारवाहीको मांग गर्दै प्रर्दशन समेत गरेका छन ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *