प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार कोरोना भाइरसविरुद्धको खोप लगाउने हुनु भएको हो । आईतबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर उहाँले खोप लगाउनुहुनेछ । प्रधानमन्त्री ओलीले खोप लगाएसँगै कोरोनाविरुद्धको खोप लगाउने अभियानको दोस्रो चरण सुरु हुनेछ । शनिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड–१९ खोप अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले आईतबार कोभिड–१९ विरुद्धको खोप लगाउनबारे जानकारी दिनुभएको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *