काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका क्रममा जी–टु–जीमार्फत मल खरिद सम्झौता हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जी–टु–जीमार्फत भारतसित मल खरिद सम्झौता गर्ने निर्णय गरेको हो ।
भारतबाट जी–टु–जीमार्फत मल खरिद गर्ने निर्णय गरिएको कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्र राय यादवले जानकारी दिए । ‘अहिले एक लाख ५० हजार मेट्रिकटनको र प्रत्येक वर्ष १० प्रतिशतका दरले बढाउँदै लैजाने गरी सम्झौता गर्ने निर्णय भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणको बेला सम्झौता हुनेछ,’ उनले भने ।
यसअघि जी–टु–जीका लागि सचिवस्तरीय छलफल भइसकेको र भारत भ्रमणमा सम्झौता गर्ने तयारी गरिएको हो । सरकाले गत चैतमा नै भारतसँग मल खरिदका लागि जी–टु–जी सम्झौता गर्ने गरी छलफल अगाडि बढाएको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *