नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने सम्बन्धमा गठबन्धन दलमा कुनै छलफल नभएको स्पष्ट पारेका छन् । बिहीवार पार्टी कामको शिलशिलामा धनगढीमा पुगेका अध्यक्ष नेपालले समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने सम्बन्धमा गठबन्धनका दलहरुबीच कुनै छलफल नभएको बताएका हुन्
उनले आफु निरन्तर काठमाडौं बाहिर रहेको र नेताहरु पनि व्यस्त रहेका कारण पाँच दलको बैठक समेत बस्न नसकेको उल्लेख गरे । उनले भने– ‘हामीले त छलफल नै गरेका छैनौँ त्यसबारेमा हामीले । महाअभियोग बारेमा केही प्रवेश नै गरेको छैन । छलफल नै भएको छैन । केही भएको छैन । म त बाहिरको बाहिर नै छु । अहिले हाम्रो पाँच दलको बैठक नै बस्न सकेको छैन ।’
अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायपालिकामाथि अनावश्यक लाञ्छना लगाउने काम गर्दै आएको आरोप लगाए । ओलीले रिस साँध्नका लागि सबै न्यायाधीसहरुलाई हटाउनुपर्छ भन्ने कुरा उठाएको उनले बताए । ओलीको हस्तक्षेपकारी भुमिकाका कारण न्यायालयमा अहिले समस्या देखिएको उनको भनाई छ ।
ओलीले नै सबैथोक बिगारेको बताउँदै उनले भने– ‘केपी ओलीजीले साराथोक बिगार्नुभएको हो । र उहाँले न्यायपालिकामाथि अनावश्यक रुपमा लाञ्छना लगाउने काम गर्दै आउनुभयो । न्यायपालिकालाई स्वतन्त्र ढंगले भूमिका निर्वाह गर्न दिनुपर्ने कुरामा उनले आफ्नो रिस साध्नका लागि सबैलाई निकाल्नुपर्छ भन्ने उनले जुन ढंगले भूमिका खेलिरहनुभएको छ, उनको अत्यन्तै अनुचित, हस्तक्षेपकारी र देशको सबै सिस्टमलाई भत्काउने यो प्रवृतिकै उपज हो । त्यसैले यो देशलाई अब स्वतन्त्र न्यायपालिकाको मामिलामा हस्तक्षेप गर्ने होइन, ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरूमाथि उहाँले हटाउनुपर्छ भन्ने कुरा उठाउनुभएको छ यो अत्यन्तै नाजायज, अनुचित कुरा हो ।’
अध्यक्ष नेपालले एकीकृत समाजवादीले चुनावमा अरु पार्टीसँग गठबन्धन गर्ने पनि बताए । वर्तमान गठबन्धन पनि चुनावसम्मै जाने उनले बताए । अन्य पार्टीसँग गर्ने चुनावी तालमेलको सम्बन्धमा छलफल, परामर्श शुरु गर्ने पनि उनले उल्लेख गरे ।
उनले भने– ‘हामी यस पटकको चुनावमा अरु पार्टी सँग पनि गठबन्धन गर्नेछौँ । चुनावी गठबन्धन हुनेछ । हाम्रो पार्टी अरु कुनै पार्टीसँग पार्टी एकता गर्ने छैनौँ । र हामी चुनावको बेलामात्र अरु पार्टीसँग सहकार्य गर्नेछौँ । चुनावी गठबन्धन गर्नेछौँ । जुन हाम्रो संयुक्त सरकार बनिरहेको छ, यो सरकारले चुनावको समयसम्म पनि सहकार्य गर्दै जाने धारणा बनाएको छ । हामी अरु पार्टी सँग पनि तालमेल मिलाउनका लागि को कोसँग कति मात्रामा सम्भव हुन सक्दछ, छलफल परामर्श शुरु गर्नेछौँ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *