जनकपुरधाम एकाविहानैदेखि जारी वर्षाले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम जलमग्न बनेको छ । वर्षाको पानीले जनकपुरधामको सडकहरु नदीमा परिणत भएको हो । पसलहरुमा पानी पसेर व्यावसायीहरु समस्यामा परेको जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । उनका अनुसार यो वर्षमै सबभन्दा बढी वर्षा आज भएको छ । सडकमा राखिएको प्लास्टिकको डिभाइडर समेत पानीले बगाएको छ । धेरै डिभाइडर आफूले सुरक्षित स्थानमा राखिदिएको उनको भनाई छ । वर्षाले अहिलेसम्म जिल्लामा कुनै किसिमको मानविय क्षति नभएको प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले जानकारी दिए । यद्यपि क्षति विवरण संकलन गर्न प्रहरीलाई परिचालन गरिएको उनको भनाई छ धनुषा सिरहा जोड्ने कमला नदीमा अहिलेसम्म पानीको सतह खतरा पार गरेको छैन् । ‘कमलामा अहिले ठूलो बाढी आएको छैन्, ‘एसपी रानाभाट भन्छन्, ‘पहाडी क्षेत्रमा वर्षा भयो भने बाढी आउछ ।’

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *