जनकपुरधाम, असोज ११ गते । मधेशका महिलाहरुको निष्ठाको कठोर पर्व जितियाको अवसरमा पर्सी (बुधबार) महिलाहरुको लागि सार्वजनिक विदा घोषणा गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना संदेश जारी गर्दै असोज १३ गते बुधबार प्रदेश भरि महिलाका लागि सार्वजनिक विदा भएको जानकारी गराएका हुन् । सन्तान प्रतिको स्नेह झल्काउने आमाको जितिया पर्वले प्रदेश भरि नै आस्था र प्रेम कायम रहोस् भन्ने शुभकामना पनि मुख्यमन्त्री राउतले दिएका छन् । उनले सबै प्रदेशबासीमा जितिया पर्वको शुभकामना व्यक्त गरेका हुन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *