प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले प्रदेशको नामकरण तथा राजधानी तोक्ने विषयमा विभिन्न दलसँग छलफल सुरु गरेको हो । जसपाका प्रदेश सांसद्हरूले प्रदेश २ माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूसँग भेटेर छलफल गरेका छन् । जसपाले प्रदेशको नाम मधेस र राजधानी जनकपुर रहनुपर्ने प्रस्ताव गरेको हो । सो प्रस्तावमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेश सांसदहरू सकारात्मक रहेको जसपाका कार्यकारिणी सदस्य एवं प्रदेश २ का प्रदेशसभा सदस्य मनिष सुमनले बताउनुभएका छन् । माओवादी केन्द्र पनि यसबारेमा सहमत देखिएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *