दीपेन्द्रप्रसाद सिंह , जनकपुरधाम इन्जिनियरिङ कन्सल्टेन्सी एसोसिएसन प्रदेश नम्बर २ को अध्यक्षमा ई. हेमशकर अरगरिया निर्वाचित भएका छन । जनकपुरमा प्रदेश २ का इन्जिनियरिङ कन्सल्टेन्सी सचालक इन्जिनियरहरुको प्रथम अधिबेशनबाट अरगरियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेका छन । एसोसिएसनको उपाध्यक्षमा ई. सहदेव मुखिया, महासचिवमा ई. शत्रुधन साह , सचिवमा ई. बिरेन्द्र कुमार यादव कोषाध्यक्षमा ई.राजेश कुमार महतो र सह कोषाध्यक्षमा ई. सन्तोषकुमार साह निर्वाचित भएको छ । एसोसिएसनको सदस्यहरुमा सविता यादव, रोशन यादव, देवनारायण मण्डल , सजिव दत्त , दिलिप यादव सर्वसम्मत रुपमा निर्वाचित भएको नव निर्वाचित महासचिव शत्रुधन साहले जानकारी दिएका छन । यसअघि प्रदेश २ का सासद रामाशिष यादवको प्रमुख आतिथ्यमा इन्जिनियरिङ कन्सल्टेन्सी एसोसिएसनको प्रथम अशिवेशनको उदघाट्न गरिएको थियो । अधिबेशनको उदघाट्न सत्रमा नगराईन नगरपालिकाका मेयर परमेश्वर यादव, मिथिला नगरपालिकाको उपप्रमुख तारादेवी लामा बस्नेत र जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर बिरेन्द्र यादवलगायतले शुभकामना मनतव्य राखेका थिए ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *